+
+

बलात्कार आरोपी सिद्धबाबालाई तेस्रो पटक तीन दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते १४:०८

२७ मंसिर, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरी माफर्त तेस्रो पटक तीन दिनको म्याद थप गरेको हो ।

प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो । शुक्रबार जिल्ला अदालत सुनसरीले तीन दिनको म्याद थप गरेको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए ।

म्याद थप पछि गिरीलाई पुन: अस्पताल नै लगिएको छ । मुटुको समस्याका कारण उपचार गराइरहेका गिरीलाई अदालतले अस्पतालमै राखेर बयान लिने आदेश दिएका कारण विराट नर्सिङहोम नै पठाइएको डिएसपी शर्माले जानकारी दिए ।

गिरी विराट नर्सिङहोमको ९ नम्बर डिलक्स रुपममा छन् । सुनसरी प्रहरीले मंसिर १६ गते चार दिन र मंसिर २० गते बलात्कार मुद्धामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको थियो ।

बलात्कार आरोप मुद्दामा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ ।


महिला अनुयायीले कात्तिक ४ गते आफूलाई बलात्कार गरेको भन्दै सिद्धबाबाविरुद्ध किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले उनलाई १६ मंसिर बिहान पक्राउ गरेको थियो ।

छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलामा पत्थरीको समस्या भएको भन्दै अस्पतालको ९ नम्बर क्याबिनमा भर्ना भएका सिद्धबाबाले अस्पतालको क्याबिन बेडलाई हिरासत कक्ष बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?