+
+

पर्साबाट दुई जना फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २० गते १३:२५

२० पुस, काठमाडौं । पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्धा र जवरजस्ती करणी मुद्धाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका-८ का ५० वर्षीय दरौगा मिया धुनिया र छिपहरमाई गाउँपालिका-५ का ४५ वर्षीय दिनेश प्रसाद साह कानु रहेका छन् ।

धुनियालाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत पर्साले २०७६ जेष्ठ १४ गते १० बर्ष कैद सजाय सुनाएको थियो भने कानुलाई ०७२ साल माघ १८ गते जबरजस्ती करणी मुद्धामा ६ वर्ष ११ महिना १५ दिन कैद सजाय सुनाएको थियो ।

गाउँघरमै लुकीछिपी बसेको अवस्थामा दुबै जनालाई शनिबार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि आइतबार जिल्ला अदालत पर्सामा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?