+
+

राष्ट्रिय सभा सदस्य उम्मेदवारको नामावली प्रकाशन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते १९:३३

२३ पुस, काठमाडौं । निर्वाचन आयोगले ९ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनेहरूको नामावली प्रकाशन गरेको छ । सातवटै प्रदेशमा बुधबार उम्मेदवारको नाम प्रकाशन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

१८ जना राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी फिर्ता लिन चाहनेहरूले बिहीबार बिहान १० बजेदेखि मध्यान्ह ४ बजेसम्म सम्बन्धित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?