+
+

पाटन दरबार क्षेत्रको चारनारायण मन्दिरको जीर्णोद्धार

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते १९:००

१५ माघ, काठमाडौं । २०७२ सालको भूकम्पमा परी क्षति भएको पाटन दरवार क्षेत्रको १६ औं शताब्दीको मल्लकालीन चारनारायण मन्दिर जीर्णोद्दार भएको छ ।

जीर्णोद्दार भएको मन्दिरको बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले संयुक्त रूपमा उद्घाटन गरे ।

अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषको आर्थिक सहयोगमा वर्ल्ड मोनुमेन्ट फन्ड, जापानी दूतावास, जर्मन दूतावास, र साउथ एसिया इन्स्टिच्युटले काठमाडौं उपत्यका सांस्कृतिक संरक्षण कोषलाई सो जीर्णोद्दार परियोजनाका ललागि सहयोग गरेको थियो ।

अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषले सन् २००३ देखि झण्डै ३५ लाख डलरभन्दा बढीको सहयोगमा २४ वटा सांस्कृतिक सम्पदा संरक्षणमा सहयोग गरेको अमेरिकी दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?