+
+

विप्लव समूहका नेता किन गए कोरिया ?

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते १६:०९

२१ माघ, काठमाडौं । विप्लव समूहका एक जना केन्द्रीय नेता उत्तर कोरिया र रसिया गएको भेटिएपछि प्रहरीले विस्तृत अनुसन्धान थालेको छ ।

सूचना संकलन, आतंकवाद र विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने प्रहरीको विशेष ब्युरोको नियन्त्रणमा रहेका केन्द्रीय जनसम्पर्क महासंघका कोषाध्यक्ष अर्जुन कटवालले विभिन्न मुलुकमा शंकास्पद भ्रमण गरेको भेटिएको हो ।

उनी कसरी र के प्रयोजनका लागि ती मुलुकसम्म पुगे भन्ने खुलेको छैन । वैदेशिक भ्रमणमा कटवालको सम्पर्क सूत्रबारे खोजी भइरहेको प्रहरीले बतायो ।

ब्युरोका एक अधिकृतका अनुसार सिन्धुली घर भएका कटवाल पछिल्लो समय चन्द्रागिरि नगरपालिका, बलम्बुमा बस्दै आएका थिए । उनले पक्राउ परेका विप्लव समूहका नेता, कार्यकर्तालाई आर्थिक सहयोग दिँदै आएको स्रोतले बतायो ।

ती अधिकृतले भने, ‘कटवालको देखिने पेशा ठेक्कापट्टा भए पनि उनी जेलमा परेका व्यक्तिलाई नेता, कार्यकर्तालाई आर्थिक सहयोग गर्दै आएका थिए ।’ उनका अनुसार कटवालले उपत्यकाका व्यवसायीबाट चन्दा संकलन पनि गर्दै आएका थिए ।

उनको साथबाट रसिदहरु पनि बरामद भएको प्रहरीको भनाइ छ । उनी समूहको ‘हेभी इक्यूपमेन्ट संघ’मा पनि संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?