+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

२७ वाणिज्य बैंकले ६ महिनामा कमाए ३२ अर्ब, कुन बैंकले कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १२:२६

२९ माघ, काठमाडौं । मुलुकमा सञ्चालित २७ ‘क’ वर्गका बैंकहरुले ३२ अर्ब बढी मूनाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा वाणिज्य बैंकहरुले ३२ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ बढी मूनाफा आर्जन गरेका हुन् ।

गत वर्षको सोहि अवधिको तुलनामा ७ प्रतिशत बढीले मूनाफा बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा बैंकले ३० अर्ब ७६ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । मूनाफा बढे पनि वृद्धिदर भने खुम्चिएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ को ६ महिनामा ३९ प्रतिशतले बैंकहरुले नाफा बढाएका थिए ।

धेरै नाफा कमाउने बैंकहरुको सूचीमा यस पटक पनि राष्ट्रिय वाणिज्य बैंक नै देखिएको छ । सरकारी स्वामित्वको यस बैंकले यस अवधिमा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ ।

तर, यो मूनाफा गत वर्षको सोही अवधिको तुलनामा कम हो । गत वर्षको ६ महिनामा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

ब्याज आम्दानीको तुलनामा खर्च बढेका कारण बैंकको नाफा घटेको हो । बैंकको खराब ऋण पनि बढेको छ । बैंकको ब्याज आम्दानी २० प्रतिशतले बढ्दा खर्च ६० प्रतिशतले बढेको छ ।

यही कारण खुद ब्याज आम्दानी २ प्रतिशतले मात्र बढेको छ। बैंकको खराब ऋण ३.४ प्रतिशतबाट ४.७७ प्रतिशत पुगेको छ । आधार दर स्थिर ६.६ राखेको बैंकले स्प्रेड ४.७८ प्रतिशतबाट ५.५३ प्रतिशत र्पुयाएको छ ।

मूनाफाका आधारमा नविल बैंक दोस्रो नम्बरमा देखिएको छ भने एनआईशी एशिया तेस्रो नम्बरमा देखिएको छ । २ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएर नविल दोस्रो नम्बरमा देखिएको छ भने २ अर्ब १ करोड ६२ लाख रुपैयाँ कमाएर एनआईशी एशिया तेस्रो नम्बरमा देखिएको छ ।

सबैभन्दा कम मूनाफा कमाउनेमा भने सिभिल बैंक देखिएको छ । यस बैंकले ६ महिनाको अवधिमामात्रै ३१ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनामा कुन बैंकले कति कमाए नाफा ?
(६ महिनाको तथ्यांकमा आधारित)

राष्ट्रिय वाणिज्य बैंक २ अर्ब २० करोड ९४ लाख

नबिल बैंक २ अर्ब ४ करोड १८ लाख

एनआइसी एशिया बैंक २ अर्ब १ करोड ६२ लाख

हिमालयन बैंंक १ अर्ब ७४ करोड २४ लाख

ग्लोबल आइएमई बैंक १ अर्ब ६८ करोड ५९ लाख

नेपाल इन्भेष्टमेन्ट बैंक १ अर्ब ६६ करोड ६१ लाख

एनएमबि बैंक १ अर्ब ६३ करोड ६० लाख

कृषि विकास बैंक १ अर्ब ५८ करोड १७ लाख

एभरेष्ट बैंक १ अर्ब ५० करोड ९८ लाख

नेपाल बैंक १ अर्ब ३५ करोड २३ लाख

प्राइम बैंक १ अर्ब ३० करोड ७ लाख

स्टयाण्डर्ड चार्टर्ड बैंक १ अर्ब २२ करोड ६९ लाख

सानिमा बैंक १ अर्ब १४ करोड ७४ लाख

प्रभु बैंक १ अर्ब ८ करोड ५७ लाख

सिद्धार्थ बैंक १ अर्ब २ करोड ६५ लाख

नेपाल एसबीआई बैंक १ अर्ब ७ लाख

सनराइज बैंक ९४ करोड ४३ लाख

मेगा बैंक ९५ करोड २ लाख

लक्ष्मी बैंक ९० करोड ३० लाख

बैंक अफ काठमाण्डू ८८ करोड ३८ लाख

माछापुच्छे बैंक ८२ करोड १८ लाख

नेपाल बंगालादेश बैंक ८० करोड ७७ लाख

कुमारी बैंक ८० करोड ३० लाख

एनसीसी बैंक ७५ करोड ६३ लाख

सिटिजन्स बैंक ६८ करोड ७७ लाख

सेन्चुरी बैंक ६५ करोड २ लाख

सिभिल बैंक ३१ करोड ६२ लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?