+
+

आकाश श्रेष्ठको बोरिङ भ्यालेनटाइन !

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३ गते १२:१२

नायक आकाश श्रेष्ठको नाम नायिका पूजा शर्मासँग जोडिने गर्छ । आकाश र पूजा एक-अर्काको प्रेममा रहेको गसिपहरु मिडियामा आइरहेको हुन्छ ।

निरन्तर चलचित्रमा काम गरिरहेकाले पनि पूजा र आकाशलाई रियल जोडी ठान्नेहरु धेरै छन् । फ्यानहरुले पनि उनीहरुलाई जोडी कै रुपमा हेर्न चाहान्छन् । तर, उनीहरु भने यस कुरालाई नकार्दै आइरहेका छन् ।

हिजो शुक्रबार मात्रै भ्यालेनटाइन्स डे सकिएको छ । आकाशको भ्यालेनटाइन भने निकै बोरिङ बन्यो । आफु सिंगल नै भएकाले भ्यालेनटाइन बोरिङ बनेको आकाश बताउँछन् ।

भ्यालेनटाइन डेमा दिनभर घरमै बसे, आकाश । उनी भन्छन्, ‘मेरो भ्यालेनटाइन घरमा बसेर नै बित्यो । सुतियो, गेम खेलियो । त्यस्तै भयो । दिउसो एकछिन चलचित्रको टिमसँग मिटिङ भयो, त्यती हो ।’

आफुलाई कसैले नपत्याएकाले सिंगल नै हुनुपरेको गुनासो आकाशले पोखे । उनले थपे, ‘मलाई कसले पत्याउने होर मिंगल हुनलाई । कसैले पत्याएनन, त्यसैले भ्यालेनटाइन डेमा पनि गेम खेलेर बस्नु पर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?