+
+

निष्ठुरी खसमलाई प्रतिमाको ‘फूल’ उपहार

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते ८:२२

११ फागुन, काठमाडौं । ‘म त फूल बन्न नसके नि…’ बोलको वियोगान्त गीत सार्वजनिक भएको छ ।

गीतको रचना प्रतिमा प्याकुरेलले गरेकी हुन् । प्रेममा वियोग परेर हो या के हो, प्याकुरेलले दिलबाटै गीतका शब्द उनेकी छन् ।

म त फूल बन्न नसके नि
काँडा बनेको छैन
म त तिम्रो बन्न नसके नि
टाढा बनेको छैन‍‍‍…

जोडिन नसकेका प्रेमीप्रति सहानुभूति दर्शाइएको गीतमा प्याकुरेलकै स्वर रहेको छ । शब्दजस्तै गीतमाथि पनि उनले न्याय गरेकी छन् ।

संगीतकार राजकुमार बगरले नवप्रवेशीको गीतमा मधुर संगीत भरेर जाेडदार स्वागत गरेका छन् ।

गीतको म्युजिक भिडियो पनि दमदार छ । जसमा सृष्टि खड्का, सुवास अधिकारी र सोफिया रिमाललगायतकाे अभिनय छ ।  भिडियो एभरेस्ट ग्यालरीले सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?