+
+

होटलमा एक जना पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते १४:१३

१८ फागुन, वीरगञ्ज । वीरगञ्ज स्थित चौधरी होटल एण्ड लजमा एक व्यक्ति आइतबार मृत भेटिएका छन् ।

वीरगञ्ज– १६ बसपार्क स्थित होटलमा काठमाण्डौ बस्ने ५० वर्षीय जीवन लामा मृत भेटिएका हुन् । लजको ११२ नम्बर कोठामा उनी मृत अवस्थामा छन् भन्ने खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थल तथा लाश जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । लामाको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?