+
+

त्रिपुरेश्वरमा नेपाली सेनाको सहुलियत पसल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते १६:०१

१८ फागुन, काठमाडौं । नेपाली सेनाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सैनिक कल्याणकारी योजना निर्देशनालयले काठमाडौंको त्रिपुरेश्वरमा सहुलियत सुपथ पसल सञ्चालन गरेको हो ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार पसलबाट वहालवाला तथा अवकाश प्राप्त सैनिकसहित उनीहरुका आश्रित परिवारले सेवा पाउनेछन् । पसलको प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार उद्घाटन गरेका छन्।

यसअघि सेनाले बसुन्धरामा पनि यस किसिमको पसल चलाइसकेको छ । जसमा बजार मूल्यभन्दा सस्तोमा दैनिक उपभोग्य सामग्री विक्री वितरण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?