+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सेनामा अधिकृत क्याडेटलाई सहायक सेनानी सरहकै सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १८:४४

१३ भदौ, काठमाडौं । नेपाली सेनामा भर्ना हुने अधिकृत क्याडेटको तलब वृद्धि भएको छ ।

पहिले सेनामा प्रवेश गरेर तालिमरत अधिकृत क्याडेटले अब सहायक सेनानी बराबरकै तलब पाउने गरी वृद्धि गरेको २४ भदौदेखि अवकाशमा हुन लागेका प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो अन्तिम सम्बोधनमा बताएका छन् ।

आफ्नो तीन वर्षे कार्यकालबारे संक्षिप्त सम्बोधन गर्ने क्रममा उनले सैनिक सेवामा आवद्ध भएपश्चात् पनि व्यक्तिगत खर्चका लागि अभिभावकहरुसँग भर पर्नुपर्ने स्थिति अन्त्य गर्न तलब वृद्धि गरेको बताए ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार, पहिले अधिकृत क्याडेटले भत्ता मात्र पाउने गरेका थिए । सहायक सेनानीले कम्तीमा ४३ हजार रुपैयाँ तलब पाउँछन् ।

सैनिक स्रोतका अनुसार, अधिकृत क्याडेटलाई पनि सहायक सेनानी बराबरको तलब सुविधा दिन पहिल्यैदेखि पहल भइरहेपनि अर्थ मन्त्रालयबाट सहमति नआउँदा ढिलाइ भएको थियो ।

नेपाली सेनामा साधारण सेवा अन्तर्गत अधिकृत क्याडेट, पदिक तथा बिल्लादार अधिकृत क्याडेट, सैन्य र फलोअर्समा भर्ना हुन सकिन्छ । प्रधान सेनापति शर्माका अनुसार, उनको कार्यकालमा साधारण सेवामा बढुवाद्वारा सहायक सेनानी दर्जामा पदपूर्ति गर्न समेत कार्यविधि लागू गरिएको छ ।

‘यसमार्फत योगदानको आधारमा योग्य पदिकलाई आन्तरिक बढुवा प्रणालीमार्फत अधिकृत तहमा बढुवा गर्ने गरिएको छ’, उनले भने, ‘गत दुई वर्षमा ६५ जना योग्य पदिकहरु यसै कार्यविधिद्वारा सहायक सेनानीमा बढुवा भइ तालिम समेत सम्पन्न गरिसकेका छन् ।’

प्राविधिक पदिकतर्फ पनि फाइल बढुवा हुने नीतिगत व्यवस्थाका लागि प्रस्ताव अघि बढाइएको उनले बताएका छन् । यसले प्राविधिक सेवामा योगदान गरेका अधिकारीहरुको वृत्तिविकास सम्बोधन हुनेमा आशावादी रहेको प्रधानसेनापति शर्माले बताएका छन् ।

प्रधानसेनापति शर्माले सेनाले सञ्चालन गर्ने कमाण्ड एण्ड स्टाफ तालिमतर्फ साबिकको शिक्षार्थी संख्याको कोटामा थप गरिएको समेत बताएका छन् ।

शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा पहिले ४५ देखि ५० जनाले एकपटकमा कोर्स लिन्थे भने अहिले संख्या बढेर ८० पुगेको सैनिक प्रवक्ता केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?