
२१ फागुन, हेटौंडा । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
जन्ती बोकेर मकवानुर गढीबाट सुकौैराको सातकन्या तर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस गौरीभञ्ज्याङमा दुर्घटनामा परेको हो ।
प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने देखिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
मृतक र घाइतेको पहिचान खुलिसकेको छैन । ज्यान गुमाउनेमा सबै पुरुष छन् । उनीहरुको शव हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4