+
+

पेस्तोलसहित ३ जना भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते १४:१५

३० फागुन, विराटनगर । कटुवा पेस्तोलसहित प्रहरीले मोरङको सुनबर्सी नगरपालिका- ८ बाट तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिहीबार राति हर्चनगढीमा महादेव मण्डलको पसलबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित भारतको अररिया धर्मगञ्ज पञ्यात पलासी थाना डकैता वस्ने २१ वर्षीय अजयकुमार मण्डल, सोही स्थानका १८ वर्षीय आनन्दकुमार मण्डल र २१ वर्षीय राकेशकुमार साह पक्राउ परेका हुन् ।

होटलमा मदिरा सेवन गरेर बसेका अजयले कम्मरको भिरेको अवस्थामा पेस्तोल देखिएपछि प्रहरीमा खबर पुगेको थियो ।

लगतै पुगेको प्रहरीले मदिराको नसामा रहेका तीनजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । पेस्तोलसहित नेपाल प्रवेश गरेका तीनै जना बारे अनुसन्धान सुरु गरिएको दाहालले बताए ।

प्रहरीले उनीहरुको साथबाट १५० सिसीको अनटेष्ट लेखिएको पल्सर मोटरसाइकल पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?