+
+

रानीपोखरीको पुनर्निर्माणमा चोरीको बिजुली

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १३:५२

६ चैत, काठमाडौं । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण बिजुली चोरेर काम भइरहेको फेला परेको छ । नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरी पुनर्निर्माणमा बिजुली प्रयोग भइरहेको फेला पारेको हो ।

टोलीले विद्युत् चोरी गरी प्रयोगमा ल्याएका पानी तान्ने मोटर, बत्तिलगायतका उपकरण नियन्त्रणमा लिएको छ । रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिबाट भइरहेको छ ।

केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठकाअनुसार फिल्ड रिपोर्ट र एक वर्षको खपत विवरणलाई आधार मानी दुई लाख ९५ हजार आठ सय ९२ रुपैयाँ उपभोक्ता समितिबाट असुल गर्ने निर्णय भएको जानकारी दिए ।

उनले डारेक्ट हुकिङबाट एक लाख ४७ हजार आठ सय २३ रुपैयाँको विद्युत् चोरी भएको, त्यसमा शतप्रतिशत जरिवाना, लाइन काटेको र मूल्य अभिबृद्धिकरसहित दुई लाख ९५ हजार आठ सय ९२ रुपैयाँ निर्धारण गरिएको जानकारी दिए ।

‘उपभोक्ता समितिले बुधबार निर्धारण गरिएको रकम बुझाइसकेको छ, अब मिटर राखी विद्युत् जडान गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?