
१४ चैत, काठमाडौं । सनराइज बैंकले नेपाल पुलिस हस्पिटल महाराजगञ्जमा काम गर्ने चिकित्सक एवं अन्य कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) ६५ थान सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलका चिकित्सक तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्दत पुग्ने उद्देश्यले उक्त उपकरण वितरण गरेको जनाएको छ।
नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) हस्तान्तरण गरेका हुन् । बैंकले आगामी दिनमा पनि विभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4