
१६ चैत, विराटनगर । कोरोना संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्न सरकारले चैत ११ देखि लकडाउन आह्वान गरेको छ । विराटनगरमा दिनभर लकडाउनको पालना भए पनि साँझपख भने पालना हुँदैन ।
साँझ पर्नासाथ सर्वसाधारण बजारमा निस्कन्छन् । दिउँसो सुनसान देखिने बजार पसल र सडक साँझ परेपछि भीडभाड हुन्छ । जसका कारण कोरोना संक्रमण फैलनसक्ने जोखिम छ ।
कोरोना संक्रमणको जोखिम बढेपछि विराटनगर महानगरपालिकाले जनतालाई घरबाट ननिस्कन आग्रह गरिरहेको मेयर भीम पराजुली बताउँछन् । तर सर्बसाधारणले भने स्थानीय सरकारको आग्रहलाई अटेर गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4