+
+

लकडाउन उल्लंघन गर्ने हो ? यसरी सडकमै उभिनुपर्छ [ फोटो फिचर ]

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते ९:२७

१७ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन उल्लंघन गर्नेहरुमाथि प्रहरीले कारबाही तीव्र बनाएको छ ।

सोमबार विहान मात्र विनाकारण सडकमा निस्किएको भन्दै प्रहरीले ७ सय ४० जनालाई सडकै उभ्याएको छ । लकडाउन उल्लंघन गर्नेलाई दुई घन्टा सडकमा उभ्याएर प्रहरीले कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार सोमबार काठमाडौंबाट पाँच सय ६० पुरुष र ९४ महिला गरी छ सय ५४ जना, ललितपुरबाट ५९ पुरुष र नाै महिला गरी ६८ जना र भक्तपुरबाट १८ जनालाई उभ्याइएको छ ।

यो अवधिमा उपत्यकाका विभिन्न क्षेत्रबाट ७९ वटा दुई पांग्रे सवारी र ५ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?