
२५ चैत, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेका ६० परिवारलाई राहत वितरण गरिएको छ ।
ख्रिष्टियन समाज पर्साले वीरगञ्ज महानगरपालिका-१४ मा समस्यामा परेका ६० जनालाई राहत वितरण गरेको हो ।
दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको समाजका महासचिव रामप्रसाद घिमिरे (प्रेम)ले जानकारी दिए ।
उनीहरुलाई प्रति परिवार १० किलो चामल, दाल र नुन १/१ किलो, आधा लिटर तोरीको तेल डेटल र साबुन वितरण गरिएको थियो ।
अधिकांश घरलगायत निर्माणको काममा खटिने मजदुर, रिक्सा चालक लकडाउनका कारण समस्यामा परेको जानकारी पाएपछि वडा कार्यालयसँगको समन्वयमा राहत वितरण गरिएको समाजका अध्यक्ष बाबुराम क्षेत्रीले बताए ।
वीरगञ्ज महानगरपालिका वडा नं १४ का अध्यक्ष भरत कुर्मीको उपस्थितिमा राहत वितरण गरिएको थियो । लकडाउनका कारण वास्तवमै मर्कामा परेका मजदुर र विपन्न समुदायलाई वडाले पनि राहत वितरण गर्ने तयारी गरिरहेको छ ।
यसअघि सोमबार वीरगञ्ज महानगरपालिका वडा नं ११ मा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने ४ सय परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष प्रधुम्न सेढाईले जानकारी दिए ।
प्रतिक्रिया 4