
९ वैशाख, काठमाडौं । सेवा सुरु भएको दुई सातामा अनलाइन डेलिभरीमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ७ हजार २ सय किलो खाद्यान्न बिक्री गरेको छ ।
उक्त बिक्री विवरण सोमबार साँझसम्मको भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने जानकारी दिईन । ‘सेवा सञ्चालनको १४ दिनमा कुुल एक सय ४३ ग्राहकले उक्त परिमाणको खाद्यन्न खरिद गरेका हुन्,’ सूचना अधिकारी न्यौपाने भनिन् ।
कम्पनीले दिनमा औसत १० वटासम्म अनलाइन डेलिभरी गरिरहेको उनको भनाइ छ । पहिलो चरणमा कम्पनीले चक्रपथ भित्रका ग्राहकलाई फापर, चामल, दाल र कर्णालीको सीमी मागअनुसार डेलिभरी गरिरहेको कम्पनीकी सूचना न्यौपानेले बताईन् ।
लकडाउनका कारण खाद्य वस्तु अभाव हुन नदिन चैत २६ गतेदेखि कम्पनीले अनलाइनमार्फत अर्डर लिएर डेलिभरी सेवा सुरु गरेको थियो । कम्पनीले तयार पारेको ‘नेपाल फुड डागोओभी डट एनपी‘ नामको वेबसाइटमा गएर उपभोक्ताले खाद्यान्न अर्डर गर्न सक्नेछन ।
घरसम्म खाद्यान्न अर्डर गर्नका लागि कम्तिमा दुई हजार रुपैयाँको खाद्य बस्तु अर्डर गर्नु पर्ने कम्पनीको शर्त छ । अनलाइन पेमेन्टमार्फत वा डेलिभरी गर्ने व्यक्तिलाई नगद दिन सकिने दुवै सर्तसहित कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4