+
+

कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङको ३ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १४ गते १३:४९
शेष घले र जमुना गुरुङ्गले स्थापना गरेको एमआईटी ग्रुप फाउण्डेसका प्रतिनिधिहरु प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गर्दै

१४ वैशाख, काठमाडौं । नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

गैरआवासीय नेपालीहरु शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

‘यात्रामा भइरहेको अवरोधका कारण हामी स्वयं उपस्थित हुन नसकेको हुँदा हाम्रा प्रतिनिधिहरुले सो रकम हस्तान्तरण गर्नुभएको छ,’ फाउण्डेसनका अध्यक्ष शेष घलेले भन्नुभयो ‘आशा छ यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परिक्षण, निगरानी र उपचार लागि खर्च गर्न सदुपयोग गर्ने छ ।’

यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो ।

अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्त हुने विश्वास व्यक्त गरे । देश तथा देशवासीहरु हरेक दुःख तथा समस्याका घडीमा फाउण्डेसन सदैव आफूले सकेको हरेक सहायताको लागि तत्पर रहने अध्यक्ष घलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?