+
+

लघुवित्तहरुका लागि सहकारी ‘मोडल’ आवश्यक

शिवराम जोशी शिवराम जोशी
२०७७ वैशाख १८ गते १८:१५

हाल लघुवित्त वित्तीय सस्थाहरु कारोना संक्रमण तथा लकडाउनका कारण प्राय बन्द रहेको अवस्थामा राष्ट्र बैंकको पछिल्लो निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले रिपोटिङ पूर्व निर्धारित समयमा नै गर्नुपर्ने भएको हुँदा लघुवित्त संस्थाहरु रिपोटिङको काममा व्यस्त छन साथै ग्राहक पहिचान फाराम केवाईसी अपडेट, नगद कारोवार लगायतका आन्तरिक काममा सुरक्षित तवरले आंशिक कार्य भैरहेको छ ।

यस्तै आफ्ना ग्राहकहरुसँग नियमित रुपमा टेलिफोन, सामाजिक संजाल मार्फत वहाँहरुको यथार्थ स्थिति र समस्या बुझ्ने काम पनि भइरहेको छ ।

पहिलो कुरा त अहिलेको अवस्थामा बाँच्नु र बचाउनु नै प्राथमिक काम हो । यस महामारीको अस्थामा नाफा, घाटा भन्दा पनि संस्था, लगानीकर्ता, ग्राहक र कर्मचारी बीचको सम्वन्ध सुमधुर, अझ प्रगाढ हुन जरुरी छ जसले गर्दा अहिलेको महामारी विरुद्ध एक जुट भई सवैको भलो र उन्नती हुने गरी काम गर्न हौसला मिलोस र भविष्यमा यसले संस्थागत लक्ष्य प्राप्ती तथा ग्राहकको स्तरोन्नतीमा सकारात्मक प्रभाव पार्न सक्ने छ ।

हालका दिनमा विभिन्न किसिमका कुराहरु आइरहेका छन् । कतैबाट व्याज मिनाहा, कतै बाट कर्जा छुट, यस्ता धेरै कुराहरु आइरहेको छ , तर मेरा विचारमा राज्यले पनि कति गर्न सक्छ ? भन्ने महत्वपूर्ण कुरा हो यसको लागि लघुवित्त वित्तीय संस्थाहरुले आ–आफ्नो ठाउँबाट राष्ट्र बैंक सँग समन्वय गरी संस्था, लगानीकर्ता, ग्राहक र कर्मचारी सवै पक्षलाई समेट्ने गरी नीति निर्माण गरी अघि बढ्नुको विकल्प छैन ।

जस्तो अहिले कोरोनाको कारणले गर्दा प्राय लघुवित्तबाट प्रवाह भएका कर्जाहरु परियोजना असफल भई तिर्न सक्ने अवस्था छैन, त्यस्तै गरी कुल ग्राहस्थ उत्पादन जीडीपीमा २६ प्रतिशत योगदान रहेको रेमिट्यान्स प्राय ठप्प भएको अवस्थामा छ ।

अन्य विभिन्न किसिमका जटिल समस्याहरु छन यसको समाधानको लागि कर्जाको नविकरण,कर्जा तिर्ने समयमा केहि समय थप गर्ने र पुन वित्त सम्झौता गरी सदस्यहरुको मनोवल उच्च बनाउने किसिमका नीति तथा कार्यक्रम ल्याउनु पर्ने देखिन्छ र यस किसिमको कार्यमा राज्यको पुर्ण सहयोगको आवश्कता पर्दछ ।

सर्वप्रथम नेपाल राष्ट्र बैंकको परिभाषा अनुसार बैंक तथा वित्तीय संस्था भन्नाले ‘क’ वाणिज्य बैंक, ‘ख’ विकास बैंक ‘ग’ फाइनान्स कम्पनी र ‘घ‘ लघुवित्त वित्तीय संस्थालाई बुझाउँछ । अर्काे कुरा जसरी ‘क’‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाको काम संचालन हुन्छ ।

त्यो भन्दा भिन्नै किसिमले लघुवित्त संस्थाहरुको कार्य संचालन हुने गर्दछ उदाहरणको लागी एउटा वाणिज्य बैंकमा कर्जा विभागमा काम गर्ने कर्मचारीले विभिन्न प्रक्रियाहरु पुरा गरी धितो कर्जा प्रवाह गरेको हुन्छ र महिना महिनामा वा त्रैमासिक रुपमा फोन मार्फत कर्जा असुली हुने गर्दछ र ग्राहक तथा बैंक कर्मचारी विच विरलै भेटघाट हुने गर्दछ तर लघुवित्त संस्थाहरुले एउटा कर्मचारीलाई कम्तीमा छ महिनाको तालिम दिएर उसलाई समूह निर्माण, केन्द्र बैठक संचालन, कर्जा लगानी, कर्जा असुली, कर्जाको विश्लेषण, कर्जा सदुपयोगिता लगायतका कुराहरु सिकाइ र समूह मार्फत उक्त सदस्यहरुमा कर्जा प्रवाह हुन्छ यसरी त्यस कार्यमा संलग्न कर्मचारीहरु सन्तुष्ट तथा उत्प्रेरित हुन सकेनन भने हाम्रा जस्ता लघुवित्त वित्तीय संस्थाको कर्जा छोटो अवधिमानै जोखिममा पर्दछन त्यसैले अन्य बैंक तथा वित्तीय सस्थाको तुलनामा लघुवित्तको काम ज्यादै फरक हुन्छन अझ अहिलेको विषम परिस्थीतममा लघुवित्तका कर्मचारीहरुलाई अझै उत्प्रेरित तथा सुरिक्षत बनाइ कोरोना तथा लकडान पछिको कार्य गर्न हौसला प्रदान गर्ने गरी कर्मचारीको विषयमा निर्णय गर्नु पर्दछ त्यसैले लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुलाई प्रोत्साहन गरी अघि बढ्नु पर्ने देखिन्छ जसले गर्दा कोरोनाले तहसनहस पारेका बैंक तथा वित्तीय संस्थालाई पुनः पहिलाकै अवस्थामा फर्काउन सकियोस् ।

अहिले नेपालमा ठुला साना गरी कुल ९० वटा लघुवि वित्तीय संस्थाले कार्य गर्दै आइरहेका छन् । विगतका दिनमा राष्ट्र बैंकहरुले मर्जरको जुन नीति अवलम्वन ग¥यो अव त्यसमा धेरै परिवर्तन गरी मर्जर तथा प्राप्तिलाई प्रोत्साहन दिनुपर्ने देखिन्छ किनभने १ महिना लघुवित्त वित्तीय संस्थाहरुको कार्यक्रम बन्द हुँदा कर्मचारी खर्च, कर्जा सापटीको गर्नुपर्ने व्याज, घर भाडा लगायतका अन्य खर्चहरु बहन गर्न सम्म नसक्ने स्थिति भएको देखिन्छ त्यस कारण अव राष्ट्र बैंकले संख्यात्मक तथा पूँजी पर्याप्त हुने गरी बाध्यात्मक तवरले लघुवित्त वित्तीय संस्थाहरुको मर्जरमा विशेष प्राथमिकता दिनु पर्दछ ।

यसो हुन सकेमा संस्था, ग्राहक लगानीकर्ता, कर्मचारी सवैको हित हुने देखिन्छ । साथै कर्जाको दोहोरोपाना रोक्न, असल तथा खराव ग्राहक पहिचान गर्न सकिने जटिलतालाई समेत मध्ये नजर गरी कार्यक्रम ल्याउन पर्दछ जस्तो लाग्छ ।
लकडाउनको अन्त्य हुदैमा हाम्रो फिल्डमा काम पुर्ण रुपले सुचारु हुने सम्भावना छैन र फिल्डमा काम नभइ सकेपछि हाम्रो धेरै कुरामा त्यसले असर गर्दछ ।

अर्काे कुरा लकडाउन पछिको समयमा हामीले सुरक्षित तवरले नियमको पूर्ण पालना गर्दै केन्द्रबैठक संचालन गर्न असम्भव भएमा एक जना विश्वासिलो सदस्य मार्फत केन्द्रको बचत तथा कर्जा असुली गर्ने, त्यसै अनुरुप भिड भाड नहुने गरी एक एक जना सदस्यहरुलाई कर्जा लगानी गर्ने र सदस्यहरुलाई मनोबैज्ञानिक असर नपर्ने गरी लघुवित्त कार्यक्रम संचालन गर्नु पर्दछ । लघुवित्तका सदस्यहरुको समस्या समाधान गर्ने तर्फ ध्यान दिईनिति नियम संसशोधन गरी अघि बढ्नु पर्ने देखिन्छ ।

अहिलेको लघुवित्त ग्रामिण मोडलमा नै प्राय संचालन भैरहेको छ । मलाई के लाग्दछ भने अव हामी लघुवित्त वित्तीय संस्थाहरुले पनि सहकारी मोडल तथा एकल व्यक्तिलाई पनि सामुहिक जमानी विना लघुवित्त कार्यक्रममा समावेश गरीसेवा प्रदान गर्नुपर्ने देखिन्छ । आजको दिनमा कतिपय सदस्यहरु अरुको जिम्मेवारी बहन गर्नेपर्ने कारणले लघुवित्त सेवाबाट छाड्ने दर बृद्धि भई रहेको अवस्थामा एकलसदस्यलाई पनि अन्य जमानीको रोहवरमा लघुवित्तको सेवा प्रदान गर्न सकेमा संस्था, ग्राहक तथा समग्र लघुवित्त क्षेत्रको हित हुने देखिन्छ ।

साथै लकडाउन तथा कारोना संक्रमणपछि सदस्यहरुको खराव मनोवृत्तिका कारण हुन सक्ने जोखिमलाई समेत मध्य नजर गर्दै आवश्यक कदमहरु अगाडि बढाउनुपर्ने देखिन्छ । (जाेशी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका कामू सीईओ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?