
२४ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले प्रेस स्वतन्त्रता र सूचना प्रवाहमा स्थापित अन्तर्राष्ट्रिय मूल्य मान्यता र नेपालको संविधानले प्रत्याभूत गरेको हकको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
पाँचौं पत्रकारिता दिवसको अवसरमा पत्रकार र सञ्चारकर्मीलाई शुभकामना व्यक्त गर्दै मन्त्री खतिवडाले आमसञ्चार क्षेत्र चौथो अंगको भूमिकामा खरो उत्रिने अपेक्षासमेत व्यक्त गरेका छन् ।
उनले लोकतान्त्रिक व्यवस्था कायम गर्न/गराउन पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको सरकारले उच्च मूल्याङ्कन गरेको भन्दै सूचना प्रवाहमा निष्पक्ष, सन्तुलित, व्यवसायिक, जिम्मेवार र उत्तरदायी भई भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।
सरकारले गोरखापत्र स्थापना भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ । १९५८ साल वैशाख २४ गतेदेखि गोरखापत्रको प्रकाशन सुरु भएको थियो ।
प्रतिक्रिया 4