+
+

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १४:४४

२६ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा शुक्रबार दिउँसो सुरु हुने संघीय संसदको छैठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख सापकोटाले कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा विश्व स्वास्थ्य संठनले दिशानिर्देश गरेअनुसार संसदको बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए ।

संघीय संसदमा जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?