+
+

कोरोनाविरुद्धको खोपको परीक्षण सफल भयो : अमेरिकी कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १२:२१

६ जेठ, काठमाडौं । एक अमेरिकी कम्पनीले कोरोना भाइरस (कोभिड–१९) को खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी गरेको छ । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सबैभन्दा पहिला परीक्षण गरिएका आठ जना मानिसमा कोरोना भाइरसलाई मार्न सक्ने एन्टिबडी विकास भएको पाइएको बताएको छ ।

कम्पनीले अनुसन्धानमा सहभागी मानिसमा प्रतिरक्षा प्रतिक्रिया वास्तविकरुपमा कोभिड–१९ बाट संक्रमित मानिस बराबर पाइएको थियो ।

वास्तवमा नै यो खोप कोरोना भाइरसको संक्रमण रोक्न फलदायी हुने वा नहुने भन्ने सुनिश्चित गर्न अझै धेरै मानिसहरुमा आगामी जुलाई महिनामा यसको परीक्षण हुने अपेक्षा छ । अहिले विश्वभर कोरोना भाइरसको खोप निर्माणको काम अभूतपूर्व गतिमा भइरहेको छ । अहिले विश्वभरका ८० समूह कोरोना भाइरसको खोप निर्माणको लागि काम गरिरहेका छन् ।

खोप तयार भएपछि अधिकांश मानिसको प्रतिरक्षा प्रणालीलाई कोेरोना भाइरससँग लड्न सक्ने बनाउन सकिने अपेक्षा छ । जसको कारण कोरोना भाइरसको कारण मानिस बिरामी पर्दैैनन् । साथै लकडाउनलाई पनि सुरक्षितरुपमा हटाउन सकिन्छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?