+
+

गोरखामा भरुवा बन्दुकसहित बाबुछोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते १९:०९

११ जेठ, गोरखा । अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा बाबु छोरा पक्राउ परेका छन् । धार्चे गाउँपालिका-६ काशीगाउँका मानु घले र उनका छोरा नौबहादुर घलेलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरुघाट गाउँपालिका-१ नौवनस्थित उनीहरूको गोठमा खानतलासी गर्दा अवैध रुपमा लुकाएर राखिएको भरुवा बन्दुक एक नाल र बन्दुकमा प्रयोग हुने छर्रासहितका सामानहरू फेला परेको डीएसपी वासुदेव खतिवडाले बताए ।

उक्त सामानहरू बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?