
२० जेठ, जनकपुरधाम । आइसोलेसनमा रहेका प्रदेश २ का १ सय ५० जना कोरोना संक्रमितलाई इम्युनिटी पावर बढाउने च्यवनप्रास लगायतका जडीबुटी प्रदान गरिएको छ ।
अनुसन्धानमा आधारित भोर संस्थाले सर्लाही र रौतहटका १ सय ५० जना संक्रमितलाई इम्युनिटी बुस्टर, पोषण लगायतका सप्लिमेन्ट सामग्री प्रदान गरिएको हाे ।
प्रतिव्यक्ति च्यवनप्रास ५०० ग्राम, चनाको सातु २ किलो, काजु, किसमिस, छोकड़ा, पिस्टा, बदाम, अस्तिमधु चूर्ण, त्रिफला चूर्णको मिश्रण, अश्वगन्धा चूर्ण, कागती तथा १४ दिन पुग्ने चियापत्ती प्रदान गरिएको भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
महतोका अनुसार सर्लाहीको मलंगवाको आइसोलेसनमा ५० जनालाई, कविलासीका ४१, हरिपुरका ९ र रौतहटको राजपुर नगरपालिकाका ५० जना संक्रमितलाई यो सामग्री प्रदान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4