+
+

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १६:०५

११ असार पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार दिउँसो तनहुँको म्याग्दे गाउँपालिकामा ९ जना र नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

म्याग्देमा ७ पुरुष र २ महिला तथा विनयी त्रिवेणीमा ४ पुरुष र एक महिलामा संक्रमण भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६७ पुगेको छ ।

बिहीबार विहान गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङ्जाका एक जना, बागलुङका २ जना, म्याग्दीका ६ जना, नवलपरासी पूर्वका २ जनामा कोरोना संक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?