+
+

खरेल र बादे प्रजातन्त्र सेनानीबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते ११:४२
राजेन्द्र खरेललाई सम्मान गर्दै कांग्रेस नेता प्रकाशमान सिंह

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेताहरु राजेन्द्र खरेल र गोपालदास बादे ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी’बाट सम्मानित भएका छन् । गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष एवम् कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले खरेल र बादेको निवासमै पुगेर सम्मान गरेका हुन् ।

उनीहरुलाई सम्मान गर्न नेता सिंह खरेलको निवास नयाँबानेश्वर र बादेको निवास बनेपा पुगेका थिए । खरेल र बादेलाई नगद २५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रजातन्त्र सेनानीबाट सम्मानित भएका गोपाल दास बादे

नेपाली कांग्रेसमा रहेर निष्ठाको राजनीति गरेको र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत प्रजातन्त्र सेनानीबाट सम्मान गरिएको नेता सिंहले जानकारी दिए । लकडाउनको कारण विशेष कार्यक्रम गर्न नसकिएकाले भौतिक दुरी कायम गर्दै निवासमै पुगेर सम्मान गरिएको उनले बताए ।

गणेशमान सिंह फाउन्डेसनले ललितपुरका श्रीपतिदास जोशी काठमाडौंका शिवगोपाल रिसाल, सानु मानन्धर, श्यामलाल श्रेष्ठ प्रदीपमान श्रेष्ठ र भक्तपुरका माथबरसिंह बस्नेतलाई प्रजातन्त्र सेनानीबाट सम्मान गरिसकेको छ । यसैगरी अन्जु बस्नेत, भरत उप्रेती र रेवतिरमण सुवेदी पनि सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?