+
+

खर्च अभावमा २१ महिनाका मिर्गौला रोगी बालक घरमै

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १३:२१

२९ साउन, गुल्मी । गुल्मीमा दुबै मिर्गौला खराब भएका २१ महिनाका बालकलाई उपचार खर्चको अभावमा घरमै राखिएको छ ।

जिल्लाको मालिका गाउँपालिका–५ का २१ महिनाका जक्सन गिरीको दुबै मृगौलाले काम गर्न छोडेपछि परिवारले उपचारका लागि सहयोगको याचना गरेका छन् । उपचारको लागि पाल्पाको मिसन अस्पतालमा लगे पनि धेरै रकम लाग्ने भएपछि अभिभावकले घरमै ल्याएका हुन् ।

आमा हिमा गिरीका अनुसार उपचारमा अहिलेसम्म ३ लाख रुपैयाँ खर्च भइसकेको छ । अब कति रकम लाग्ने भन्ने पनि यकिन छैन ।

तर छोराको उपचारका लागि थप रकम बन्दोबस्त गर्न नसकेपछि घरै ल्याएको हिमाको भनाइ छ । यसअघि छिमेकबाट ऋण गरेर उपचार गरे पनि अब त्यो सम्भावना पनि नभएको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?