+
+

लिदी पहिरोमा बेपत्ता मध्ये थप तीन जनाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १३:२३

१ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको जुगल–२, लिदीको लामा टोलमा पहिरोमा परेर बेपत्ता मध्ये थप तीन जनाको शव फेला परेको छ । सोमबार तीन जनाको शव फेला परेसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए ।

गत शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका १६ जना अझै बेपत्ता रहेको लामाले बताए । उनका अनुसार पहिरोले ३७ घरमा क्षति पुर्‍याएको छ ।

जुगल गाउँपालिकाले २२ साउनमा लिदीका १७२ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको थियो । पालिकाका अनुसार वडा नम्बर २ कै सानोनाम्फा, सुकुली, सञ्चगाउँ, भुल्के, निम्लुङ, बैगाङ टोल पनि पहिरोको जोखिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?