
११ भदौ, काठमाडौं । भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले केही कर्मचारीको सरुवा, बढुवा र पदस्थापनको निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको काम गर्ने गरी तोकेको छ ।
त्यस्तै ज्ञानप्रसाद ढकाललाई सहसचिव वा सोसरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गरी उच्च सरकारी वकिल कार्यालय धनकुटााम पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले प्रशासन सेवाका सहसचिव उदयबहादुर रानामगर र नवराज ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ ।
बैठकले आर्थिक वर्ष ०७७र७८ का लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गतका आयोजना तथा कार्यक्रमहरुका लागि राजपत्रांकित श्रेणीको ४५ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।
हेर्नुहोस् मन्त्रिपरिषदको निर्णय
प्रतिक्रिया 4