+
+

‘ब्ल्याक प्यान्थर’ हिरो चाडविकको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १३ गते १४:४७

हलिउड नायक चाडविक बोसम्यानको निधन भएको छ । उनको शुक्रबार निधन भएको हो । ४३ बर्षका यी कलाकारको निधन क्यान्सरका कारण भएको मिडियाले उल्लेख गरेका छन् । उनको निधन आफ्नै घर लस एन्जल्समा भएको हो ।

मार्भा स्टूडियोबाट निर्माण भएका सुपरहिरो चलचित्रमा उनले काम गरिरहेका थिए । उनले खेलेको ‘ब्ल्याक प्यान्थर’का साथै मार्भलका चलचित्रहरु लोकप्रिय भएका थिए । उनलाई चार बर्ष अगाडि पेटको क्यान्सर भएको थियो ।

सन् २००८ मा ‘दि एक्सप्रेसः दि अर्नी डेभिस स्टोरी’बाट करिअर यात्रा सुरु गरेका उनले सन् २०१३ मा रिलिज भएको अमेरिकामा बास्केटबल खेलाडी ज्याकी रोबिन्सनको जीवनीमा आधारित रहेर तयार पारिएको चलचित्र ‘४२’बाट आफूलाई मनोरञ्जन दुनियाँमा स्थापित गरेका थिए ।

उनको निधनमा हलिउड र बलिउडका कलाकारले दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?