+
+

सगुनको ‘मिनी-आईपीओ’मा लगानी गर्ने अवधि सेप्टेम्बर ३० सम्म

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते २१:२४

१४ भदौ, काठमाडौं ।  संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोशल कमर्स स्टार्ट-अप कम्पनी सगुनले जारी गरेको मिनी आईपीओमा लगानी गर्ने अवसर सेप्टेम्बर अन्त्यसम्म मात्रै रहेको जनाएको छ।

संयुक्त राज्य अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनले यसै वर्षको सुरुमा सगुनलाई मिनी आईपीओ जारी गर्न अनुमति दिएको थियो । जस अनुसार सगुनले नेपाल, उत्तर कोरिया र इरानबाहेक संसारका जुनसुकै मुलुकका नागरिकलाई प्रति सेयर ३० डलरका दरले ग वर्गको धितोपत्र बिक्री गर्न पाउने छ।

नेपाल सरकारले विदेशी मुद्रामा देश बाहिर रहेका कम्पनीहरूको सेयर खरिद गर्न प्रतिबन्ध लगाएको छ भने अमेरिकी कानुनले उत्तर कोरिया र इरानका नागरिकहरुलाई अमेरिकी कम्पनीहरुको शेयर खरिद गर्न रोक लगाएको छ ।

“सन् २०२० मा कम्पनीले धेरै उत्साहजनक प्रगति गरेको छ,” सगुन इंकका संस्थापक गोविन्द गिरीले भने । फलस्वरूप यो वर्ष अमेरिका तथा अन्य देशका संस्थागत लगानीकर्ताहरुले सगुनसँग जोडिन रुचि देखाउदै आएका छन् । त्यसैले हामीले दोश्रो मिनी आईपीओअन्तर्गतको शेयर बिक्री सेप्टेम्बर ३०, २०२० अर्थात् अबको एक महिनासम्म मात्रै खुला गर्ने निधो गरेका छौं । सोही अवधिभित्र शेयर किनेर सगुनको निकट भविष्यमा हुनसक्ने आकर्षक प्रतिफल प्राप्त गर्ने बाटो सुनिश्‍चित गर्न हामी हाम्रा सबै शुभचिन्तकहरुलाई आग्रह गर्दछौं,” उनले भने।

आगामी वर्षको अन्त्यसम्ममा सगुनले अमेरिकाको वैकल्पिक दोश्रो धितोपत्र बजारमा सहभागी हुने योजना बनाएको जनाएको छ ।

नेपाल तथा भारतमा प्रयोगकर्ताहरु माझ सगुन लोकप्रिय बन्दै जाँदा त्यहाँ रहेका प्रतिष्ठित व्यवसायहरुसँग सगुनको साझेदारी पनि बढी रहेको कम्पनीले जनाएको छ ।

नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजारसँग सहकार्य भइसकेको जनाएको मिनिसो, नबिल बैंक र अमेजन इन्डियासंग सहकार्यको प्रक्रिया अगाडी बढेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?