+
+

भन्सारमा आइपुगेका केराउ र मरिच आयात गर्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते १८:०१

१५ भदौ, काठमाडौं । सरकारले वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा रोकिएको केराउ र मरिचको आयात फुकुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

चैत्र १६ अगाडि सिपिङ भएका केराउ र मरिच फिर्ता पठाउन पनि नसकिएको र लामो समय भन्सार यार्डमा रोक्दा बिग्रिने खतरा भएकाले आयात अनुमति दिइएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डीएपी) प्रक्रियाद्वारा आयात भएका ६ सय कन्टेनर केराउ सुख्खा बन्दरगाहामा थन्किएको थियो । भन्सारमा आइपुगेका ४८ कन्टेनर मरिचमध्ये ४७ कन्टेनर भने भियातनाम फिर्ता भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?