
२१ भदौ, काठमाडौं । चिनियाँ कम्पनी चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोभ्याक बायोटेक लिमिटेडले शनिबार थप चार मुलुकले आफ्नो निर्माणको क्रममा रहेको कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोपको क्लिनिकल परीक्षणको लागि अनुमति दिएको बताएको छ ।
चीन अहिले आफ्नो कोरोना खोप सफल बनाउने प्रयासमा लागेको छ । अहिले अनुमति दिने मुलुकमध्ये सर्बिया र पाकिस्तान पनि हुन् ।
चीनमा कोरोना भाइरसका संक्रमित निकै कम छन् । त्यसले चीन अन्य मुलुकमा आफ्नो खोपको परीक्षण गराइरहेको छ । सर्बियामा सीएनबीजीले निर्माण गरिरहेको दुई खोपको परीक्षण हुनेछ । यी दुई खोप वुहान र बेइजिङको सीएनबीजी एकाइमा तयार पारिएको थियो । साथै पाकिस्तानमा बेइजिङको एकाइमा निर्माण गरिएको खोपको परीक्षण हुनेछ ।
सीएनबीजीले निर्माण गरेको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणमा १० मुलुकका करिब ५० हजार मानिस सामेल हुने सम्भावना छ । यसअघि यूएई, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा यो खोपको परीक्षण सुरु भइसकेको छ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4