
बलिउड नायक संजय दत्तलाई तेश्रो स्टेजको क्यान्सर पुष्टी भैसकेको छ । उनी, उपचारका लागि अमेरिका जाने तयारीमा पनि छन् । तर, उनले अमेरिका जानु अगाडि चलचित्र ‘शमशेरा’को छायांकन सक्ने योजना बनाएका छन् ।
उनै, संजयले सोमबारदेखि चलचित्र ‘शमशेरा’को छायांकन सुरु गरेका छन् । भारतीय मिडियाका अनुसार, कोरोना भाइरसको बढ्दो संक्रमण र संजयको स्वास्थ्य अवस्थालाई हेरेर यसको निर्माणपक्षले छायांकन सेटमा कडा सुरक्षा व्यवस्था गरेको छ ।
यशराज फिल्म स्टूडियोमा भैरहेको छायांकनमा निकै कम मानिसहरुलाई मात्र प्रवेश दिइएको छ । जसमा, सबै यूनिटका सदस्यहरुको कोरोना टेष्ट समेत गरिएको छ ।
अगष्ट ८ मा स्वास्थ्यमा समस्या देखिएपछि संजय अस्पताल भर्ना भएका थिए । अगष्ट ११ मा उनलाई क्यान्सर भएको रिपोर्ट सार्वजनिक भएको थियो । यसपछि, उनलाई उपचारका लागि अमेरिका लैजाने चर्चा पनि चलेको थियो । तर, अहिले उनको मुम्बइमा नै उपचार भैरहेको छ ।
प्रतिक्रिया 4