+
+

‘राष्ट्रपतिदेखि कर्मचारीसम्मको तलब काटेर विपन्नलाई खाना खुवाऊ’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते २०:५४

२३ भदौ, काठमाडौं । काठमाडौं जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले राष्ट्रपतिदेखि कर्मचारीसम्मको तलब कटौती गरेर विपन्नलाई खाना खुवाउन सरकारलाई सुझाव दिएका छन् ।

काठमाडौंका २० जना सांसदको तर्फबाट मंगलबार उपप्रधान एवम् रक्षामन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै काठमाडौं ६ का भीमसेनदास प्रधानले यस्तो सुझाव दिएका हुन् । ‘गरिब र विपन्नलाई खाना खान समस्या भएको आइरहेको छ । यसलाई सम्बोधन गर्न रक्षामन्त्रीसमक्ष राष्ट्रपतिदेखि कर्मचारीसम्मको तलब कटौती गरेर गरिब तथा विपन्नलाई खानाको व्यवस्था गर्न सुझाव दिएको छु’ प्रधानले अनलाइनखबरसँग भने ।

यसमा मन्त्री पोखरेलले प्रष्ट जवाफ नदिएको प्रधानले बताए ।

प्रतिनिधिसभाका निर्वाचित काठमाडौंकासांसदहरु दुई चरणमा छलफलमा जुटेका थिए । सोही छलफलका आधारमा मंगलबार सरकारलाई २६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

सांसहरुले आर्थिक वर्ष २०७७/०७८ को स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)मा विनियोजित रकम कोरोना रोकथाममा लगाउन सुझाव दिएका छन् । ज्ञापनपत्रमा उक्त रकमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्डको व्यवस्था गर्न माग गरिएको छ ।

यसैगरी, संक्रमणको उच्च जोखिम रहेको क्षेत्रमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतका कर्मचारीहरुलाई सरकारले निणर्य गरेको भत्ता सुविधा यथासिघ्र उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरिएको छ । कोभिड र नन कोभिड अस्पताल छुट्टाछुट्टै रुपमा तोकेर अन्य रोगका बिरामीहरुलाई समेत उपचारमा सहज वातावरण बनाउन माग गरिएको छ ।

भृकुटी मण्डपको एक्सपो हल, महांकालस्थित सेनाको त्रिचन्द्र अस्पताल, वीर अस्पतालको नव निर्मित भवन, दरबार हाइ स्कुलको नवनिर्मित भवन, त्यस्तै १० वटै निर्वाचन क्षेत्रका उपयुक्त आवासीय स्कुल भवन छनोट गरी आइसोलेसन केन्ऽ बनाउन सुझाव दिइएको छ ।

पिसिआर प्रविधिबाट हुने परिक्षण सर्वोच्च अदालतको आदेश अनुसार नै निशुल्क गर्न, हट स्पटहरुमा सेरोलोजिक टेष्ट बढाउन, मोवाइल टेष्टीङको व्यवस्था गर्न, स्वाब टेस्टको रिपोर्ट २४ घण्टामा नै दिने व्यवस्था मिलाउन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

लकडाउन तथा निषेधाज्ञालाई निरन्तर कायम नराखी विभिन्न मेला, पर्व, चाडपर्व अघि मात्र आवश्यकता अनुसार कायम राख्न, तर नाकाबाट हुने आवतजावतलाई कडाइ गर्न र त्यसको अनुगमन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

अस्पतालहरुमा स्वास्थ्यकर्मीलाई संक्रमण हुने सम्भावना प्रवल रहेको उल्लेख गर्दै काठमाडौंमा अवस्थित होटलहरु ६ महिनाका लागि लिजमा लिएर आवास र खानपिनको व्यवस्था गर्न सुझाव दिइएको छ । संक्रमितको उपचारका लागि सहज हुने गरी प्लाज्मा बैंकको व्यवस्था गर्न, रेमडिसिभिर नामक औषधी सस्तो मुल्यमा उपलब्ध हुने गरी व्यवस्था गर्न तथा औषधीमा हुदै आएको कालाबजारी नियन्त्रण गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा काठमाडौंबाट निर्वाचित सांसदहरु गगन थापा, जनता समाजवादी पार्टीका राजेन्ऽ प्रसाद श्रेष्ठ, रामकुमारी झाँक्री, दिव्यमणीराज भण्डारी, अञ्जना बिसंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने, रेनुका गुरुङ लगायतको हस्ताक्षर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?