+
+

मेक्सिकोलाई तीन करोड २० लाख डोज कोरोना खोप बेच्दै रुसी कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २४ गते १८:४७

२४ भदौ, काठमाडौं । रुसको सोभरेन वेल्थ फण्डले मेक्सिकोको फर्मा कम्पनीलाईलाई कोराना भाइरस (कोभिड-१९) को सम्भावित खोप (स्पुतनिक भी)को तीन करोड २० लाख डोज बिक्री गर्ने भएको छ । यो सम्झौतासँग नजिक रहेको स्रोतलाई उद्धृत गर्द रोयटर्सले बुधबार यस्तो जानकारी दिएको हो ।

गामालेया इस्टिच्युटले निर्माण गरेको कोरोना भाइरससविरुद्धको खोपलाई रुसले यसअघि नै कोरोना भाइरसविरुद्धको पहिलो खोप भएको दाबी गरिसकेको छ । यद्यपि अहिले यो खोपको अन्तिम चरणको क्लिनिकल परीक्षण चलिरहेको छ । यो परीक्षणमा करिब ४० हजार मानिसहरु सहभागी हुँदैछन् ।

यसअघि रुसको सोभरेन वेल्थ फण्डको समर्थनमा खोपको विकासको लागि बनाइएको रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड (आरडीआईएफ)ले यसअघि गत अगष्ट महिनामा काजकास्तानसँग पनि खोप निर्यातको सम्झौता गरेको थियो ।

काजकास्तानले सुरुमा २० लाख डोज खोप खरिदको सम्झौता गरेको छ । पछि यसलाई ५० लाख डोजसम्म बढाउन सकिने बताइएको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?