+
+

यो हो विश्वकै महँगो तरकारी, १ किलोको मूल्य डेढ लाख रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते ९:५४

काठमाडौं । मान्छेले खाने तरकारी यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ । तर यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै झण्डै डेढ लाख रुपैयाँ पर्दछ । सोही कारण यो तरकारी विश्वकै सबैभन्दा महँगो तरकारी बनेको छ ।

यो तरकारीको नाम ‘हप शुट्स’ हो । उक्त तरकारीको बोटमा लाग्ने फूललाई ‘हप कोन्स’ भनिन्छ । सोही फूललाई बियर बनाउन प्रयोग गरिन्छ । बोटको बाँकी भागलाई तरकारी वा सलादको रुपमा खाइन्छ । यो तरकारी यति धेरै महँगो हुनाका कारण कुनै तरकारी बजार वा सुपरमार्केटमा सायदै पाइएला ।

हप शुट्स औषधीय गुणले भरिपूर्ण हुन्छ भनिन्छ । सोही कारण त्यसको प्रयोग जडीबुटीको रुपमा पनि हुने गर्दछ । मानिसहरु यसलाई काँचै पनि चपाउने गर्दछन् । यसको औषधीय गुणको पहिचान शदियौँ अघि नै भएको हो । इस्वी सम्वत् ८०० को आसपास मानिसहरुले यसलाई बियरमा मिलाएर पिउँदथे । त्यो सिलसिला अहिलेसम्म पनि चलिरहेको छ ।

सबैभन्दा पहिले यो वनस्पतीको खोज उत्तरी जर्मनीमा भएको थियो । त्यसपछि यसको प्रयोग विस्तारै पूरै विश्वमा नै फैलियो । १८ औँ शताब्दीमा बेलायतले त यो वनस्पतीमाथि कर समेत लगाएको थियो भने बियर बनाउँदा यो वनस्पती अनिवार्य रुपमा प्रयोग गर्ने नियम बनाइएको थियो ।
–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?