+
+

पदाधिकारीलाई कोरोना संक्रमण भएपछि मप विश्वविद्यालय एक साता बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १६:३१

२८ भदौ, सुर्खेत । एकजना पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र डीन कार्यालय एक साताका लागि बन्द गरिएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा आइतबार डीन कार्यालयका एक पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पदाधिकारीलाई नै कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय र डीन कार्यालयको काम एक साताका लागि बन्द गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

प्रशासनिक काम एक साताको लागि बन्द गरिएको विश्वविद्यालय प्रशासनका अधिकृत दिनेश गौतमे जानकारी दिए । उनका अनुसार सोमबारदेखि असोज ४ गतेसम्म विश्व सेवा बन्द हुनेछ ।

यो अवधिमा पदाधिकारी, शिक्षक, कर्मचारीहरुलाई सम्बन्धित निकायका प्रमुखसँगको सम्पर्कमा रही घरबाटै काम गर्न भनिएको छ ।

००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?