+
+

वीपी प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. बलभद्रप्रसादविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३० गते १५:४९

३० भदौ, काठमाडौं । पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा भ्रष्टाचार गरेको आरोपमा मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । दासले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियारले उनीमाथि अनुसन्धान गरेको अधिकारीको भनाइ छ ।

२०५० साल असार २७ गते सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गतेसम्मको अवधिमा सो रकम भ्रष्टाचार गरेको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

सार्वजिनक पदमा रहँदा दासको वैध आय ७ करोड ६० लाख १० हजार ४८९ रुपैयाँ ८० पैसा रहेकोमा उनले सोही अवधिमा १५ करोड ३२ लाख ३ हजार ३५० रुपैयाँ ४ पैसा खर्च तथा लगानी गरेको देखिन आएको आरोप पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?