
६ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो र गाई अंकित झण्डा राखेर दल दर्ता गर्ने भएको छ ।
धुम्बराहीमा मंगलबार बसेको कार्यसम्पादन समितिको संयुक्त बैठकले चुनाव चिन्ह र झण्डाबारे निर्णय गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार दल दर्ताका लागि केहीवेरमा निर्वाचन आयोगमा जाने भएको छ ।
२४ फागुन २०७६ मा कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी पार्टी एकीकरण घोषणा भएको थियो । पार्टी एकीकरण भए पनि चुनाव चिन्हको विषयमा भने सहमति हुन सकेको थिएन ।
चुनाव चिन्हको बारेमा टुंगो लगाउन सोमबार पनि कार्यसम्पादन समितिको बैठक बसेको थियो । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो ।
श्रेष्ठका अनुसार एकता महाधिवेशन आगामी वैशाख २५–२८ गते विषयमा पनि सहमति जुटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4