
युवा कृषि उद्यमी श्रीकृष्ण अधिकारी र कमल रेग्मीले ‘हुन्न रहेछ परदेशमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।
श्रीकृष्ण अधिकारीको शब्द रहेको गीतमा कमल रेग्मीको स्वर रहेको छ भने कमल रसाइलीको संगीत छ ।
गीतको म्युजिक भिडिओमा श्रीकृष्ण अधिकारी र सारिका केसीले अभिनय गरेका छन् ।
इजरालयमा ९ वर्षसम्म काम गर्दा भोगेको पीडालाई आफूले गीतमा उतारेको अधिकारीले बताए । विगत एक दशकदेखि अधिकारी आधुनिक कृषिका लागि आवश्यक पर्ने सामाग्रीहरुको व्यापारमा संलग्न छन् ।
गीतका गायक रेग्मीपनि दुवै र कतारगरी ६ वर्ष विदेशिएका थिए । रेग्मी कृषिसँगै पर्यटन व्यवसायमा संलग्न छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4