
१८ असोज, विराटनगर । विराटनगरमा ट्युसन पढाउने बहानामा पाँच वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । होम ट्युसन पढाउँदै आएका विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साह पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले पाँच वर्षीय बालिकालाई करणी गरेको उजुरी आएपछि साहलाई पक्राउ गरिएको बताए ।
साहले चार जना बालबालिकालाई वैशाखदेखि घरमै गएर ट्युसन पढाउँदै आएका थिए । पीडित बालिकासहित उनका ११ वर्षीय दाजु, चार वर्षीय भाइ र पीडित बालिकाकी अभिभावकका घरबेटीका नौ वर्षीय बच्चालाई साहले घरमै गएर ट्युसन पढाउने क्रममा शनिबार जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4