+
+

युवराज खतिवडासहित प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १५:३६

२१ असोज, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

सरकारले असोज १६ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

उनीहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअघि संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

बुधबार बसेको सुनुवाई समितिको बैठकले तीनै जनाविरुद्ध उजुरी दिन १० दिनको समय दिएर सूचना प्रकाशित गरेको छ । कात्तिक ३ गतेसम्म उजुरी दिन सकिने समिति सचिवालयले जनाएको छ ।

सूचनामा सिफारिस गरिएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आाधार एवं सबुद प्रमाणसहित उजुरी दिन भनिएको छ । उजुरीकर्ताको परिचय गोप्य राखिने पनि समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?