
बलिउड नायक रितेश देशमुखले आफूले अंगदान गर्नका लागि मासुबाट बन्ने परिकार, कालो कफी र ग्यासले भरिएका ड्रिक्सका आइटम खान छाडेको बताएका छन् ।
कौन बनेगा करोडपति शोमा पुगेका रितेशले भने–‘म आफ्नो शरीर स्वस्थ राख्न चाहन्छु । किनकी, जब मेरो अंगदान गर्ने समय आउँछ, सो समयमा मानिसहरुले स्वस्थ अंग छोडेर गएछ भनुन् ।’
रितेशले अंगदानको बिषयमा भने–‘हामी सधै मृत्युपछि पुनर्जन्मको कुरा गर्छौ । तर, यही जन्म कसैको आँखा, कसैको मुटु बनेर रहन किन सक्दैन ? मैले जब जीवनदान ठूलो दान हो भन्ने थाहा पाए, यसपछि यो निर्णय लिएको हुँ ।’
रितेशका अनुसार उनी र उनकी पत्नी जेनेलियाले अंगदान गर्ने निर्णय गरेका छन् । रितेशको यो कुरा सुनेपछि केबीसीका संचालक अमिताभ बच्चनले उनको प्रशंसा गरे । अमिताभले पनि आफूले अंगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4