
२७ असोज, काठमाडौं । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सलेयस दशैं तिहारको अवसरमा ‘स्याङयोङ्ग फेष्टिभ डिलाइट’ ल्याएको छ ।
अफरमा ग्राहकले ३ लाख सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आˆना पुराना सवारीसँग एक्सचेन्ज गरेको बापत २ लाखसम्म एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु -डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् । साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ ।
· एक वर्ष निःशुल्क बीमा
· सात बर्ष सजिलो फाइनान्स
· तीन बर्ष वारेन्टी
· तीन बर्षसम्म निःशुल्क मर्मत लागत
· रु. २५,००० बराबरको निःशुल्क एसोसरिज
· निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ वर्ष सम्म)
स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर असोज २८ गते देखि कार्तिक २६ गते सम्ममात्र हुनेछ ।
प्रतिक्रिया 4