+
+

ओप्पो बन्यो ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजक

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १६:२७

३० असोज, काठमाडौं । ओपोले सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवाप्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ ।

ओपोले ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो । सिंगिङ रियालिटी शोले नेपाली प्रतिभालाई दर्शक सामू आफ्नो गायन कला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्ने छ ।

नेपाली कला उद्योगकै लागि एक कोशे ढुङगाका रुपमा स्थापित हुन सफल यो रियालिटी शोमा हजारौँ उत्साहित प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् । भने धेरैले यसैको माध्यमबाट लोकप्रियताको शिखर चुम्दै ब्यवसायिक गायन क्षेत्रमाआफ्नो नामसमेत लेखाइ सकेका छन् ।

‘ब्राण्डका रुपमा ओपोले सँधै यूवामाथि आफ्नो ध्यान केन्द्रित गर्दै तिनलाई सृजनात्मकरुपमा आफुमा निहित प्रतिभाको प्रस्तुति दिन प्रेरित गरिरहन्छ । कला, रचनात्मक अभिब्यक्ति र मनोरञ्जन उद्योग यूवा पुस्ताको रुचिको विषय हो ।

तिनको रुचिसंग मेल खाएको लोकप्रिय कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’को अभिन्न अंगका रुपमा सहकार्य गर्न पाउनु हाम्रा लागि खुशीको विषय हो’, ओपो नेपालका ब्राण्ड निर्देशक, पियरसन शेनले भने ।

‘ओपो द भ्वाइस अफ नेपाल’ले यूवा प्रतिभामा निहित गायन कलालाई लाखौँ/करोडौँ पारखी तथा दर्शकहरु माझ प्रस्तुत गर्न उल्लेख्य मात्रामा सघाउने विश्वास गरिएको आयोजकले बताएको छ ।

यो कार्यक्रमले कला उद्योगलाई नयाँ प्रतिभाको अवलोकन तथा छनोटको अवसर समेत प्रदान गर्नेछ ।

देशभर छरिएर बसेका यूवा प्रतिभालाई आफ्नो कला प्रस्तुतगर्न तथा निखार्न यो प्ल्याटर्फमले उल्लेख्य मात्रामा सहयोग गरेको र गरिरहने आयोजकको भनाइ छ । साथै, तिनले मनोरञ्जन उद्योगमा आफ्नो स्थान सुनिश्चितपार्न समेत सघाव मिल्नेमा दूई मत नरहेको आयोजकले बतायो ।

‘कार्यक्रमप्रति क्षमतावान प्रतिस्पर्धी तथा दर्शकहरुको उत्साहले हामीलाई थप हौसला प्रदान गरेको छ । यूवा पुस्ताका ईच्छा र तिनको मागलाई निरन्तर सम्बोधन गर्ने ब्राण्डका रुपमा परिचित ओपोलाई यूवाहरुका प्रतिभा प्रोत्साहन लक्षित’द भ्वाइस अफ नेपाल’ मा प्रमुख प्रायोजक का रुपमा पाउँदा हामी थप उत्साहित छौँ । नेपाली यूवामा रहेको उत्कृष्टता प्रस्फुटनका लागि ओपोको भुमिका र योगदान वास्तवमै सराहनिय छ । यो सहकार्यले भ्वाइस अफ नेपालको यात्रालाई थप रोमाञ्चक बनाउनेमा हामी आशाावादी छौँ । ओपो र द भ्वाइस अफ नेपालको यो सहकार्यले रियालिटी टीभी शो भन्दामाथि उठ्दै यूवा कलाकारहरुलाई भविष्यका लागि मार्ग कोर्ने तथामार्ग प्रशस्त बनाउने कार्यमा समेत उल्लेख्य योगदान पुग्नेमा हामी विस्वश्त छौँ’, हिमालया टीभी एचडीका अध्यक्ष धर्मराज भुसालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?