+
+

भरतपुर महानगरले दियो रंगशाला निर्माणका लागि थप साढे एक करोड

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २ गते १९:११
भरतपुरकी मेयर रेनु दाहाल सिताराम कट्टेल (धुर्मस)लाई १ करोड ५० लाखको चेक हस्तान्तरण गर्दै

२ कात्तिक, चितवन । भरतपुर महानगरपालिकाले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आइतबार थप १ करोड ५० लाख आर्थिक सहयोग गरेको छ ।

यसअघि महानगरले ५० लाख रकम सहयोग गरेको थियो । रंगशाला निर्माणका लागि महानगरले ६ करोड ५० लाख रकम दिने घोषणा गरेको थियो । अहिलेसम्म दुई करोड रकम धुर्मस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिसकेको छ ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई आइतबार १ करोड ५० लाखको चेक हस्तान्तरण गरेकी हुन् ।

रंगशाला निर्माणका लागि यसअघि बागमती प्रदेश सरकारले ३ करोड रकम सहयोग गरिसकेको छ भने, हेटौंडा उपमहानगरपालिकाले ३० लाख सहयोग गरेको छ ।

रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन आयोजना गरिएको महायज्ञमा चितवनका विभिन्न स्थानीय तहले घोषणा गरेको रकम दिन बाँकी छ । रंगशालामा अहिले प्याराफिटको पिलर उठाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?