
हाँस्य कलाकार, निर्माता तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । उनकी आमाको सय बर्षको उमेरमा निधन भएको हो । शिवकी आमाको हेटौडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको हो ।
उनका ४ छोरा र २ छोरी छन् । कलाकार पौड्यालले आफूले आमाका लागि गर्नुपर्ने कर्तव्य पुरा गरेँ या गरिनँ भन्दै सय बर्षसम्म परिवारलाई संरक्षण दिएकी आमालाई बचाउन नसकेको भन्दै माफी पनि मागेका छन् ।
शिवहरि पौड्यालले निर्देशन गरेको पहिलो चलचित्र ‘लक्का जवान’ हो । यो चलचित्रको रिलिज कोरोनाका कारण भएको लकडाउनका कारण हुन पाएन । आमालाई आफूले निर्देशन गरेको पहिलो चलचित्र देखाउने शिवको सपना पुरा हुन सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4